मंगल ग्रहमा अहिलेसम्म कुनै जीवन फेलापरेको छैन। पानी तरल अवस्थामा पनि भेटिएको छैन। मंगल ग्रहको उत्तिर ध्रुवमामात्र बरफ देखिने गरेको छ। पानी नभेटिएसम्म जीवनको सम्भावना पनि न्युन हुन्छ।
मंगलमा खोजी कार्यको लागि सन् २०११ नोभेम्बर २६ मा ‘केप क्यानाभेरल’बाट क्युरीयोसिटी लञ्च गरिएको थियो। यो सन् २०१२ अगस्ट ६ मा मंगल ग्रहको सतहमा सफल अवतरण भएको थियो।
यो रोबरलाई मंगलग्रहको मौसम, भुगोल र सुक्ष्य जीवहरुको अस्तित्वको यथार्थ पत्ता लगाउन नाशाले पठाएको थियो।
ब्रह्माण्डमा हामी मात्र छैनौ, अन्य ग्रहमा पनि जीवन छ की भनी विभिन्न खोज भइरहेका छन्। नाशाले अर्बौ डलर लगानी गरी विभिन्न प्रोजेक्ट गर्ने गर्छ। तर अझैसम्म पनि अन्य ग्रहमा एलियन जीवन भेटिएको छैन। विभिन्न ठाउँमा एलियन, अनि अनौठा उडनतस्तरी देखिएको घटना नभएको पनि हैन। त्यसरी सार्वजनिक हुने तस्बिर तथा भिडियोले एलियन जीवनको कुनै ठोस प्रमाण भने दिनसकेको छैन।
