सपनाका अनुसार पतिको मृत्युपछि सुरु सुरु ससुराले उनीमाथि खूब सहानुभूति देखाए । कहिले मायाले उनको गालामा किस खान्थे त कहिले अंगालो हालेर सांत्वना दिन्थे । त्यसरी दिन वित्दै जाँदा एक उनका ससुराले उनी सुतेका बेला राति उनको कोठामा घुसेर जबरजस्ती शारीरिक सम्पर्क राखे ।
सपनालाई नशालु पदार्थ सुघाएर वेहोस बनाई ससुराले उनको इज्जत लुटेका हुन् । इच्छा विपरित ससुराले आफ्नो इज्जत लुटेपछि न्यायका लागि उनी प्रहरी ढोकामा पुगेकी हुन् । उनले प्रहरीमा आफ्ना ससुराविरुद्ध मुद्दा हालेकी छिन् । प्रहरीले आरोपी ससुराविरुद्ध मुद्दा दर्ता गरेर घटनाको छानविनमा लागेको छ ।