Xby TurboMac
सडकमा नाली समेत नभएका कारण उक्त सडकमा यात्रा गर्ने पैदल यात्रुहरुलाई कठिनाई हुने गरेको छ । अछाम जिल्लाका सडकहरु वर्षयाम सुरु भएसंगै हिलाम्मे भएर यातायातका साधनहरु संचालन नहुने भएका कारण विरोध स्वरुप सडकमा रोपाई गरिएको स्थानीयले बताएका छन ।
अछाम जिल्लामा सडक संजालको विकास भए पनी वर्षायाममा मंगलसेनको जिरो प्वाईन्ट देखि साँफेवगर हुदै डोटी जिल्लाको सिमाना चौखुट्टे सम्म कालोपत्रे भए पनि जिल्लाका अन्य ग्रामिण सडकहरुमा यातायातका साधनहरु संचालनमा अवरोध हुँदै आएको छ ।
लामो समयसम्म सडक हिलाम्मे भए पनि नगरपालिका, जिविस, र सरोकारवालाहरु कसैको पनी ध्यान नगएको हुदा सडकमा रोपाई गरेको रोपाई पछीको कोण सभामा वोल्दै स्थानीय टक्कर वहादुर शाहले वताए ।
उक्त सडकमा गाडीहरु गुडीरहेको अवस्थामा पैदलयात्रीहरु समेत हिलाम्मे हुने गरेको र गाडिलाई समेत आहोर दोहोर हुन कठिन भएको स्थानियले गुनासो गरेका छन ।
सदरमुकामको मुख्य सडकको हालत त यस्तो छ भने अन्य ग्रामिण सडकको दुरदशा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । विरोध सभामा नागरिक समाज, ब्यापारी, जिल्ला स्थिति सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
