Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, July 9, 2016

सुनसरी जिल्लाको सोनापुर–४ छातावेलीमा रुखबाट पानी निस्कन थालेपछि सो रुख हेर्न अहिले सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । थारु आदिवासीको बाहुल्य रहेको सो बस्तीमा गएको शिवरात्रिका दिनदेखि रुखबाट पानी चुहिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । बाटोको छेउमा पूर्वतर्फ रोपिएको काप्रो (स्थानीय भाषामा काब्रा) जातको रुखबाट राति १२ बजेदेखि बिहान ८ बजेसम्म पानी चुहिने गरेको संरक्षणकर्ता शिवनरायण चौधरीले बताए । शिवरात्रिका दिन बिहान रुखमा गाई बाँध्न जाँदा रुखको फेदबाट तपतप पानी चुहिरहेको देखेपछि शिवनारायणले गाउँलेलाई डाकेर जानकारी गराएका थिए । गाउँलेहरू भेला हुँदाहुँदै ८ बजिसकेकाले पानी रोकिएको थियो । गाउँलेले पहिले सो कुरा नपत्याएको चौधरीले बताए । अर्को दिन पुनः सोही स्थानबाट पानी चुहिन थालेपछि गाउँलेसमेत छक्क परेका थिए । गाउँलेले यो अनौठो कुरा थाहा पाएपछि सो स्थानमा घेराबेरा गरी दिनहुँ पूजापाठ गर्न थालिएको छ । शिवनारायणको नातिनीको दुखिरहेको कानमा सो पानी हालेपछि केहीबेरमा नै कान ठीक भएको उनले बताए । त्यस्तै घुँडा दुखेको र पेटको समस्यामा समेत सो पानी सेवन गर्दा केहीबेरमा नै बिसेक भएपछि स्थानीयवासी चकित परेका छन् । पानी अत्यन्त चिसो र चाख्दा टर्रो लाग्ने स्थानीयवासीले बताएका छन् । दैवी चमत्कार भन्दै त्यस आसपासका मानिस बिहानै दर्शन गर्न आउन थालेको स्थानीय सामाजिक कार्यकर्ता तथा नेपाली काँग्रेस खनार गाउँ कमिटीका अध्यक्ष श्याम आचार्यले बताए । यसैबीच रुख तथा अन्य बोटविरुवाबाट पानी आउनु समान्य कारणमात्र भएको वनस्पतिशास्त्री सुरेन्द्र यादवले बताएका छन् । यादवले रुखले (ट्रस्पेसन) बढी पानी फ्याक्ने वास्पीकरण गरेको हुनसक्ने बताए । रुखले जराबाट लिएको पानीमध्ये बढी भएको पानी पातबाट फ्याक्ने गरेको उनको भनाइ रहेको छ । कुनै रुखले एकै स्थानबाटसमेत पानीको वास्पीकरण गर्नसक्ने सम्भावना रहेको यादवको भनाइ छ । दैवीशक्तिको अस्तित्वलाई पूरै अस्वीकार गर्न नसकिने भएकाले सुनसरीको सोनापुरमा भएको सो घटनाबारे वैज्ञानिक परीक्षण गरे राम्रो हुने यादवले बताए ।

सुनसरीको एक रुखबाट पानी परे झैँ गरेर चुहिन थालेपछी, हेर्नेको घुइँचो

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...