घटना भारतको भीण्ड जिल्लास्थित लुहार गाउँको हो । जहाँ बदलाको कारवाही जस्तैगरी एक समुदाय विशेषका व्यक्तिहरुले एक महिलालाई कथित रूपमा घरबाट निकालेर निर्वस्त्र गरेका छन्, उनलाई निर्घात कुटपिट गरेर उनको कपाल पनि काटिदिएका छन् ।
महिलाका छोराले माथिल्लो जातकि युवतीसँग पहिला प्रेम विवाह त्यसपछि ‘कोर्ट म्यारिज’ गरेका थिए, यसैको बदला लिन महिलालाई कठोर यातना दिइएको हो । ती महिलाका छोराले युवतीका परिवारको अनुमित विना उनीसँग विवाह गरेका थिए ।
प्रहरी अधीक्षक नवनीत भसीनले घटनाको मुद्दा दर्ता भएको बताए । उनका अनुसार ‘केही समय पहिले पीडित महिलाका छोराले एक युवतीसँग उनका अभिभावकको सहमति बिना ‘कोर्ट मैरिज’ गरेका थिए । विहे गरेपछि उक्त जोडी शनिबार लुहार गाउँ फर्किएको थियो । यसको जानकारी जब युवतीका अभिभावकले थाहा पाए, तब केही व्यक्तिहरु जबरजस्ती युवकको घरमा घुसे । तर, त्यहाँ नवविवाहित जोडीलाई भेटेनन् । त्यसपछि उनीहरुले युवककी ४५ वर्षीय आमालाई घरबाट कथित रुपमा घिसारेर बाहिर निकाले । महिलालाई त्यही निर्वस्त्र बनाएर निर्घात कुटपीट गरे । त्यसपछि उनको सबै कपाल काटेर गाउँभरी घुमाए ।’
त्यसपछि बीच बाटोमै महिलालाई निवस्त्र छाडेर आरोपीहरु फरार भए । महिलालाई गम्भीर घाइते अवस्थामा उनका परिवारजनले अस्पताल पुगाएका थिए । प्रहरी अक्षीक्षक भसीनका अनुसार अरोपी मुरली मनोहर, रवि, रामप्रकाश, जयसिंह र विजयलक्ष्मीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
