उत्तर प्रदेशको कानपुर जिल्लामा बीए(ब्याचुलर)मा अध्ययनरत नेताकी एक छोरीले फांसी लगाएर आत्महत्या गरेकी हुन् । उनले आत्महत्या गर्नुभन्दा पहिला एक सुसाइड नोट पनि लेखेकी छिन् । मृतकाकी आमा कानपुर नगर निगमकी पार्षद हुन् । पार्षद सांसद पदजतिकै शंक्तिशाली हुन्छ ।
घटना कानपुरको कल्याणपुर क्षेत्रको हो । जहां मसवानपुर इलाकामा निगम पाषर्द बीना कुशवाह आफ्नो परिवारसँग बस्दै आएकी थिइन् । शनिवार विहान उनकी २० वर्षीय छोरी सुप्रिया अबेरसम्म कोठाबाट बाहिर आइनन् । कैयौ पटक बोलाउँदा समेत आवाज फर्किएन् । जब परिवारका एक सदस्यले कोठाभित्र गएर हेरे तब सुप्रिया फांसी लगाएर झुण्डिएको अवस्थामा थिइन् ।
