Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Monday, July 18, 2016

श्रावण ३, २०७३- मनसुनी रेखा नेपाल नजिक आइपुगेकाले देशका पूर्वी र पश्चिमी भागमा अझै केही दिन भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका पदाधिकारीले लगातारको वर्षाले पूर्व र पश्चिमका ठूला नदीमा पानीको मात्रा बढ्ने भएकाले सतर्क रहनसमेत सुझाएका छन् ।

Xby TurboMac

‘शनिबारदेखि मनसुनी रेखा पाकिस्तानको मुल्तान र बंगालको पूर्वोत्तरबाट नेपालको सीमातिर सरेको छ,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘जब यो रेखा माथि आउँछ, तब मनसुन सक्रिय हुन्छ र भारी वर्षा हुन्छ ।’

दुई दिनदेखि भइरहेको वर्षा त्यसैको कारक भएको अर्यालको भनाइ छ । ‘५ दिन सक्रिय भएपछि यो रेखा फेरि आफैं तल झर्छ,’ उनले भने, ‘तल झरेपछि मनसुन पनि निष्क्रिय हुन्छ र पानी पर्न रोकिन्छ ।’ अर्का मौसमविद् बरुण पौडेलले मनसुनी रेखासँगै सुदूरपश्चिममा अरेबियाली सागरबाट आएको जलवाष्पयुक्त वायुको समेत प्रभाव परेकाले भारी वर्षा भएको उल्लेख गरे ।

‘बंगालको खाडीबाट आएको वायु घुमेर पुग्नुपर्ने हुन्छ तर अरेबियाली सागरको जलवाष्पयुक्त वायु सिधै प्रवेश हुने भएकाले सक्रिय वर्षा भएको छ,’ उनले भने, ‘यो प्रक्रिया अझै केही दिन कायम हुने देखिन्छ ।’ पूर्वतिरबाट भने बंगालखाडी नजिक पर्ने भएकाले बढी वर्षा भएको हो । यो वर्षको मनसुनमा पूर्व र पश्चिमको तुलनामा मध्यभागमा कम वर्षा भएको छ ।

मनसुन सुरु हुनुअघि नै श्रीलंकामा भेला भएका मौसमविद्ले नेपालमा पूर्व र पश्चिम भागमा बढी वर्षा हुने प्रक्षेपण गरेका थिए । असार/साउन महिनामा नेपालगन्ज, दिपायल, काठमाडौं, ताप्लेजुङ र धनकुटामा औसतभन्दा बढी वर्षा भइसकेको छ । मनसुनमा सबैभन्दा बढी वर्षा साउन/भदौमा हुन्छ । ‘फेरि पनि सुदूरपश्चिम र पूर्वमै मनसुन केन्द्रित भएको देखिन्छ,’ पौडेलले भने ।

Xby TurboMac

लगातारको वर्षासँगै पूर्वमा कोसी, पश्चिममा कर्णाली र महाकाली नदीमा पानीको मात्रा बढेको छ । ‘कर्णाली, भेरी, पश्चिम सेती र महाकाली तथा कोसीमा त्रास छ,’ जल तथा मौसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाका विज्ञ विनोद पराजुलीले भने । ‘ती नदीमा पानीको तह खतराको नजिक पुगेकाले हामीले जनतालाई सतर्क गराइसकेका छौं,’ उनले भने ।

पराजुलीका अनुसार कर्णाली नदीमा चेतावनीको तह १० मिटर हो । आइतबार त्यहाँ पानीको तह ९ मिटर पुगेको छ । यस्तै, महाकाली नदीमा समेत पानीको तह बढेकाले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा बाढीले क्षति पुर्‍याउन सक्ने आकलन गरिएको छ ।



भारी वर्षा अझै, कोसी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने http://bit.ly/2a5PQt4

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...