बुधबार अफगानिस्तानमा मारिएका नेपालीको शव विमानस्थल पुगेपछि आफन्तले पीडा पोख्दा खिचिएको फोटो देखाउँदै सामाजिक सञ्जालमार्फत राजेशले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् भने आफ्नो विगतलाई पनि सम्झिएका छन् ।उनले भनेका छन्- ‘१९९२ मा मेरो बुवाको लास पनि कफिनमा विदेशी भुमिबाट बाट ल्याइएको थियो । विदेशी भुमिमा आफन्त अचानक गुमाउनुको पीडा बुझ्छु ।’ राजेशका पिता पाकिस्तानका राजदूत थिए । सरकारले खटाएको ठाउँमासेवा गर्दागर्दै उनको निधन भएको थियो । हेर्नुस् राजेशको दुःखद स्टाटसः
