Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Saturday, June 25, 2016

यदि तपाईलाई दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कनेजस्ता समस्या छ भने पाइल्स (अर्ब वा बबासिर) भएको हुन सक्छ ।

आजकाल बढ्दै गएको व्यस्तता र अन्य विभिन्न कारणले लामो समयसम्म दिसा रोक्ने, लामो समयसम्म दिसा बस्ने तथा दिसा कब्जियत हुने कारणले गर्दा पाइल्स हुने खतरा बढाउने चिकित्सकको भनाइ छ ।यो रोगको समयमै उपचार गरेको खण्डमा निको हुन्छ । तर समयमा नै उपचार नगरिए यसले निकै दुःख दिने चिकित्सक बताउँछन् । आयुर्वेद चिकित्सक डा हरिशरण अर्याल सामान्यतया पाइल्स चार चरणको हुने बताउँछन् । पहिलो चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन तर रगत बग्ने र दुखाइ भने हुने गर्दछ । यस अवस्थामा रहेको पाइल्सलाई औषधिबाट निको पार्न सकिन्छ । दोस्रो चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र पछि आफैँ भित्र जान्छ । यसका साथै दुख्ने र रगत आउने समस्या हुन्छ । यो अवस्थामा लामो समय औषधि सेवन गरी निको पार्न सकिने उहाँको भनाइ छ ।तेस्रो चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ, आफैँ भित्र जाँदैन । यस्तो अवस्थामा औँलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । यो अवस्थामा पुगेको पाइल्सलाई औषधिले निको नहुने भएकाले शल्यक्रियाबाट नै उपचार गर्नुपर्ने डा अर्याल बताउँछन् । चौथो चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ । साथै, अत्यधिक दुखाई र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थालेर र सङ्क्रमण सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्युसम्म हुने खतरा रहन्छ । उनले यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने गरेको बताउँदै शल्यक्रिया गरेका बिरामीमा ३० देखि ४० प्रतिशतमा दोहोरिने बताए । समयमै उपचार गरेमा पाइल्सबाट मुक्त हुन सकिने चिकित्सकको अनुभव छ । तर यस्तो समस्या भएका बिरामीले दिसा सजिलै खुलाउने खालका खानेकुरा खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच, पिरो खानेकुरा नखाने र माछामासु कम खाने, हरियो सागपात अनि फलफूल दैनिकजसो खाने, दिनमा तीनदेखि पाँच लिटरसम्म पानी पिउने गर्दा लाभ मिल्ने डा अर्यालको सुझाव छ । यस्तो समस्या भएमा समयमै चिकित्सक कहाँ गई उपचार गराउने पनि गर्नुपर्छ । रासस

स्वास्थ्य सल्लाह :यति कुरा अपनाउनुस पाइल्स सजिलै निको हुन्छ

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...