सरकारले अफ्गानिस्तानको काबुलमा आतंकवादी आक्रमणमा मारिएका १३ जनाको परिवारलाई १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले अफ्गानिस्तान, इराक, लिविया र सिरियामा जान रोक लगाउने निर्णय समेत गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै, सरकराले अफ्गानिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि उचित प्रवन्ध मिलाउन अफगानी सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
यसैवीच, मन्त्रिपरिषदले लगानी बोर्डको कार्यकारी अधिकृतमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
असार ९, २०७३