तर, पेरुको एक भिरमा यस्तो होटल बनेको छ । पेरुको सुजुकोमा रहेको यो होटलको नाम स्काइलज एडभेन्चर हो । यहाँबाट निकै भयानक र कहालि लाग्दो दृष्य देखिन्छ तर पनि मानिसले यो होटल मन पराइरहेका छन् ।
यहाँ कमजोर मुटु भएका डराउने, रक्तचाप बढी वा कम भएका र ह्रदयघात हुने मानिसलाई यो होटलमा जान मनाही छ । यो भीरमा झुन्डाइएको कोठामा डबल बेड खाट, खाना खाने ठाउँ र बाथरुम छन् । एउटा कोठाको कुल ८ जना सम्मको क्षमता रहेको छ ।
