पछिल्लो केही महिना यता नेपालस्थित अमेरिकी दूतावासले नेपाली विद्यार्थीलाई भिसामा प्राथमिकता दिएको हो । शैक्षिक परामर्श संचालन गरिरहेका व्यवसायीहरुका अनुसार, यो अमेरिकामा विद्यार्थी भिसामा पढ्न जाने सबैभन्दा उपयुक्त मौका हो ।
नेपाली विद्यार्थीले धमाधम भिसा पाएपछि कन्सल्ट्यान्सी संचालकहरु उत्साही भएका छन् । विद्यार्थीले कन्सल्ट्यान्सीको सहयोगमा र स्वयम् आफैले पनि भिसाका लागि आवेदन दिन सक्छन् ।
अमेरिकामा रहेका नेपाली प्रदीप गिरीको यस्तो छ टिप्सः
विद्यार्थीलाई भिसामा नेपालबाट आउन चाहन्छ भने केही महिनादेखि भिसा दिरहेको छ। सायद आउन चाहनेको लागि यो उत्तम समय हो।
अर्को कुरा, मैले अमेरिकामा बसेर आफन्तहरुको लागि सहयोग गरेको अनुभबबाट लेख्दै छु। कन्सल्ट्यान्सीलाई एक रुपियाँ पनि नबुझाई सबै प्रक्रिया गर्न सकिन्छ। एउटा ‘इमेल आइडी’ भने बनाउनुपर्छ । र, नियमित इमेल ‘चेक’ गरिरहनु पर्छ। यो ‘इमेल आइडी’ नै सम्पूर्ण प्रक्रियाको लागि चाहिने ‘कम्युनिकेशन’को भरपर्दो कडी हो।
