म सँग त निकै उच्च गुणस्तरको तथा शक्तिशाली क्यामेरा छ भन्दै फुइँ लगाउँदै हुनुहुन्छ ? त्यसो हो भने अब चुपचाप बसे जाति । अझ तपाइँको क्यामेराफोनलाई त यसले लाजमर्नु नै बनाउला । किनकी वैज्ञानिकहरुले विश्वमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली डिजिटल क्यामेरा निर्माण गर्दैछन् ।
कस्तो होला त त्यो क्यामेरा ? अनि कसले प्रयोग गर्ला त ? यो जिज्ञासा रहनु स्वभाविकै हो । अन्तरीक्षको अध्ययन गर्ने दुरविन, लार्ज साइनोप्टिक सर्भे टेलिस्कोपमा रहने यो ३.२ गिगापिक्सेलको यो क्यामेराले खिचेको तस्वीर यति विस्तृत हुनेछ की एउटै तस्वीरलाई देखाउनका लागि १५ सयवटा हाइ डेफिनेसनवाला टेलिभिजन स्क्रिनको आवश्यकता पर्नेछ ।
यो क्यामेराको आकार झण्डै एउटा कारको जत्रै हुनेछ । यसको तौल झण्डै ३ टन रहने छ । यो क्यामेरा अहिलेसम्म बनेका मध्ये सबैभन्दा ठूलो तथा गह्रौँ क्यामेरा पनि हुनेछ
