ताइवानमा पछिल्ला दिनहरुमा एक अनौठो ट्रेण्ड चलिरहेको छ । त्यहाँकी युवतीहरु केवल प्लास्टिकका झोला जिउमा लगाएर धमाधम सेल्फी खिचिरहेका छन् अनि त्यस्ता सेल्फी सोसल मिडियामा धमाधम शेयर गरिरहेका छन् ।
सोसल मिडियामा भाइरल बनिरहेको युवतीको यो क्रेजले ताइवानमा पछिल्लो समय सनसनी नै मच्चाएको छ । युवती मात्र कहाँ हो र ? युवतीहरुको सिको गर्दै तन्नेरीहरुले समेत प्लास्टिक ब्यागले जिउ ढाक्ने फेसन अपनाउन थालेका छन् ।
युवायुवतीहरुले जिउका कपडा फ्याँकेर प्लास्टिकका झोला लगाउन थालेपछि सेभेन इलाभेन नामक प्लास्टिक पसल निकै लोकप्रिय बन्नुको साथै मालामाल व्यापार गर्न सफल भएको छ
