Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Tuesday, July 12, 2016

जब कुनै मानिस मर्छ तव उसलाई गरिने अन्तिम संस्कार बिधि धर्म तथा बिभिन्न मान्यता अनुसार फरक-फरक हुने गर्छ । मुख्यत: संसारभर मृत्यु पछी शरीरलाई खतम गर्ने मुख्यत: दुइ तरिका छन् । पहिलो गाड्ने काम, दोश्रो जलाउने काम । यसको अलावा उमालेर कंकाल बनाउने, गुफामा राख्ने, पानीमा दाग दिने, पशु-पंछीलाई खुवाउने र लासलाई खाने परम्पराहरु पनि छन् ।

आउनोस् पढौं..
संसारका फरक फरक धर्म तथा समुदायहरुमा मान्छे मरेपछि अन्तिम संस्कार गरिने बिचित्र तरिकाहरूबारे जानौं…

१. मरेको लास खाने परम्परा

सबैभन्दा बिचित्र अन्तिम संस्कार गर्ने यो परम्परा न्यू गिनी र ब्राजीलका केहि क्षेत्रमा छ । यसको साथै केहि कुपोषित राष्ट्र तथा जंगली क्षेत्रमा पनि यो परम्परा छ । यस प्रकारको रिवाज अनुसार मृतक शरीरलाई खाने चलन छ । यी क्षेत्रमा लास खाने चलन यस कारण चलेको छ किनको यी मानिसहरुलाई खाद्य सामग्री पाउन मुश्किल छ, तर अहिले यस्तो अमानवीय तरिका केहि क्षेत्रमा मात्र प्रचलनमा छ ।

२. गुफामा राख्ने वा पानीमा बगाउने चलन

पहिले इजरायल तथा इराकी सभ्यतामा मानिसहरु मृतक सारिरलाई शहर बाहिर बनाईने एक गुफा मा राखी छाड्ने गर्थे । गुफाको बाहिर ढुंगाले बन्द गरिन्थ्यो । यसुलाई जब सूलीमा चढाइयो तब उनलाई मरेको ठानेर उनको लास गुफामा राखियो । इतिहासकार मान्छन कि यहूदिहरुले नै सबैभन्दा पहिल गाड्ने वा गुफामा राख्ने चलनको शुरुआत गरेका थिए । दक्षिण अमेरिकाका कयौं सभ्यतामा बढी पानी भएको तथा बहाव क्षेमता बढी भएको नदिमा फालेर मरेको लासको अन्तिम संस्कार गरिन्थ्यो ।

३. घाँटी थिचेर मार्ने परम्परा

फिजीको दक्षिण प्रशान्तदिपमा प्राचीन नेपालको सती प्रथासँग मिल्दो जुल्दो एक परम्परा छ । यदि यस क्षेत्रमा कोहि व्यक्ति मर्यो भने उसँग अर्को व्यक्तिलाई पनि मारेर संगै अन्तिम संस्कार गर्ने चलन छ । चलन अनुसार मरेको मानिसलाई उसँग कुनै एक प्रिय व्यक्तिलाई पनि मर्नुपर्छ र घाटी थिचेर मार्ने चलन छ । मान्यता के छ भन यसो गर्दा मर्ने मानिसलाई गाह्रो हुँदैन ।

४. पर्सिया अन्तिम संस्कार

पर्सियामा आज पनि मृतकहरुलाई न गाडिन्छ  नत जलाईन्छ । पहिले उनीहरु शवलाई चील घरमा राख्ने गर्थे ताकी मरेको सरिर गिद्ध तथा  चीलहरुलाई भोजन मिलोस् । अहिलेको युगमा यो सम्भव छैन र गिद्धको संख्या पनि गढ़दैगएको छ । यसैले उनीहरुले नयाँ उपाय खोजेका छन् । मरेका हरुलाई एउटा निश्चित स्थानमा राखिन्छ र सौर्य ऊर्जाको माध्यमबाट लासहरुलाई बिस्तारै-बिस्तारै जलाएर भस्म बनाइने गरिन्छ ।

५. जलाउने परम्परा

जुन ठाउँमा धेरै बन-जंगल पाइन्छ ति क्षेत्रहरुमा मरेपछि लासहरुलाई जलाउने परम्परा छ । मुख्यत: हिन्दू धर्ममा लासलाई जलाएर पन्च तत्वमा विलीन गर्ने परम्परा सदियौंदेखि चल्दै आएको छ । तर अन्य धर्मको अनुसार शवलाई जलाउने कार्य गलत मानिन्छ । हिन्दू मान्यता अनुसार लाससँग तुरन्त मोह छोडेर उसलाई खरानी बनाउनु अति उत्तम हुन्छ ।

६. घारमा लास राखेर उच्च चट्टानमा झुन्ड्याउने परम्परा

चीनको राजवंशमा लासलाई घारमा राखेर उच्च चट्टानमा झुन्ड्याउने परम्परा थियो । उनीहरुको मान्यता थियो कि यसरी राख्दा मृत व्यक्ति स्वर्गको नजिक पुग्छ र उनको आत्मा स्वतंत्रसँग चट्टानको चारैतर्फ घूमिरहन्छ ।

७. व्रजयान बौद्ध संप्रदायको परम्परा

पुरै संसारमा व्रजयान बौद्ध सम्प्रदायका मानिसहरुले अनौठो तरिकाले अन्तिम संस्कार गर्ने गर्छन् । यस्तो किसिमको कार्यमा लासलाई शमशान घाटमा लगिन्छ । जुन उच्च स्थानमा हुन्छ । त्यहाँ लामा (बौद्ध भिक्षु ) धूप बत्ती जलाएर लासलाई पूजा गर्छन् । फेरी एक शमशान घाटको कर्मचारी त्यो लासको छोटो-छोटो टुक्रा पर्छन् । दोश्रो कर्मचारी तिनै टुक्रालाई जौको आँटाको घोलमा डुबाउछन् । फेरी ति लासका टुक्राहरुलाई गिद्धलाई खुवाउने चलन छ ।

संसारका फरक – फरक धर्म तथा समुदायहरुमा मान्छे मरेपछि गरिने बिचित्रका परम्पराहरु

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...