बिहे हेर्नका लागि झण्डै ५० हजार मानिस जम्मा भए ।
अब नाग आउँछन् र किशेारीलाई बिहे गर्छन् भन्दै परिवार तथा आफन्त ढुक्क थिए । ती किशोरीलाई बेहुली पहिरनमा सजाएर लामै समयसम्म उभ्याइएको थियो । आखिर किशोरीलाई बिहे गर्न कुनै इच्छाधारी नाग त्यहाँ टुप्लुक्क बेहुलो बनेर आउने कुरै थिएन र आएन पनि ।
यसरी इच्छाधारी नागसँग बिहे गर्न लागेको हल्ला चलाइएकी किशोरी स्थानीय अखिलेश भुइयाँ नामका पुरुषकी छोरी रेणु कुमारी हुन् । उनलाई आफ्नै बाउआमा तथा परिवारले किन यसरी बलिको बोको बनाए र हुँदै नभएको हल्ला चलाएर गाउँमा सनसनी फैलाए भन्ने चाहीँ खुलेको छैन । दाबी अनुसार किशोरी बिहे गर्न इच्छाधारी नाग नआएपछि बिहे हेर्न आएका हजारौँ गाउँलेहरु निरास भएर गाली गर्दै फर्केका थिए
