अमेरिकी अन्तरिक्ष एजेन्सी नाशाको भू–उपग्रह बृहस्पति ग्रहको कक्षमा प्रवेश गरेको छ । ५ वर्ष अगाडि पृथ्वीबाट प्रक्षेपण गरिएको जुनो नामको भू–उपग्रह बृहस्पतिको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गरेको नाशाले जनाएको छ ।
नाशाका अनुसार बृहस्पतिको कक्षमा पुगेपछि पनि अन्तरिक्षयान योजना अनुसार चलिरहेको छ । उपग्रह बृहस्पतीको कक्षमा पुगेपछि क्यालिफोर्नियामा रहेको नाशाको ल्याबमा रेडियो सन्देश प्राप्त भएको थियो ।
बैज्ञानिकहरुले यस अन्तरिक्षयानको माध्यमबाट बृहस्पति भित्रको भागको अध्ययन गर्ने छन् । जसले त्यसको बनौट र सबैभन्दा ठुलो ग्रह निर्माणको तथ्य पत्ता लाग्ने आशा गरिएको छ । सो ग्रहको विकिरणका कारण यसअघि कुनै पनि अन्तरिक्षयान गृहको नजिक समेत पुग्न सकेका थिएनन् ।
