Powered by Blogger.

सेक्सी भिडियो हरु हेर्न तल को बक्स मा क्लिक गर्नुहोश .

,
Loading...
Visit Our Official site. Includes entertainment news from Nepal, celebrities, programs, celebrity gossip. Also, Check out the hottest fashion, photos and TV shows! Exclusive from Nepal - We also here by providing you daily news News that covers happenings in Nepal, regional and International arena. The News a mixed standard format covers topics like Politics, Social, Culture, Education,Economy and many more stay tuned.

Sunday, July 10, 2016

सिड्नी(सिड्नीका नेपाली ग्रोसरी पसलहरुमा फर्सीको मुन्टा, नेपाली रायो, चम्सुर, पालुङ्गो र मेथीको सागको पाउन थालेको एक वर्ष भयो । नेपाली नै स्वाद दिने तिते करेला, भिण्डी, खुर्सानी र बकुल्ला समेत यी ग्रोसरी पसलहरुमा पाउन सकिन्छ । आखिर सिड्नीमा नेपाली कृषि उपजहरु कहाँबाट आए ?
रमाइलो कथा छ यसको । १९ वर्षअघि अस्ट्रेलिया छिरेका एक अनुभवी नेपाली कृषकसँग जोडिएको छ, यसको । ती नेपाली हुन्, बद्री दाहाल । नेपालमा लामो समय कृषि क्षेत्रमा काम गरेको अनुभव छ उनीसँग । उनले कृषि परियोजना सेवा केन्द्रमा १० वर्ष काम गरेका थिए भने नेपालको कृषि मन्त्रालयमा पर्माकल्चल सम्बन्धी नीति र कार्यक्रम बनाउन दाहालको ठूलो योगदान रहेको छ ।
अस्ट्रेलियामा कृषि कर्म गर्न चाहेका केही युवाहरु त्यस्तै नेपालीको खोजीमा थिए । तिनै युवाहरुका लागि उत्प्रेरणा बनिदिए बद्री । अनि नमुनाको रुपमा सिड्नीको पश्चिम लिभरपुल नजिक सुरु भयो तरकारी फार्म । त्यही फार्मबाट नेपाली कृषि उपजहरु बजारमा आउन थालेका छन् ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटी क्यानबेरामा अध्ययन गरेका बद्री अहिले ‘गार्डेनिङ र ल्याण्ड स्केपिङ’ ब्यवसायमा संलग्न छन् । उनले आफ्नो  ‘गार्डेनिङ् टु योर सेटेस्फेक्सन’ कम्पनी सञ्चालन गरिरहेका छन् । ‘तरकारी फार्म  एक प्रयोग हो,’ उनी भन्छन्, “नमुनाको रुपमा अहिले मौसम अनुसारका केही तरकारीको खेती सुरु गरेका छौं । बजारको रेस्पोन्सको आधारमा यसलाई बढाउँदै लैजान्छौं ।’
बद्री दाहाल बद्रीदाहाल
करिब एक वर्षको  अवधिमा सिड्नीका केही नेपालीका जिब्रोमा यी उत्पादनले स्वाद जमाई सकेका छन् । सिड्नीको दक्षिण कोग्रामा रहेको सलाम नमस्ते ग्रोसरीकी सञ्चालक रश्मी बुढाथोकीका अनुसार पसलमा नेपाली रायो, चम्सुर, पालुङ्गोको साग र फर्सी, सिमी किन्न ग्राहकहरुले अग्रीम नाम लेखाउन थालेका छन् ।

कुनै रसायन प्रयोग नभएका यी उत्पादनलाई तीन वर्षपछि अर्गानिक प्रमाणिकरण गर्ने योजना रहेको छ । पाँच एकड क्षेत्रमा फैलिएको यो तरकारी फार्ममा अहिले २ जनाले फुलटाइम रोजगारी पाएका छन् । भविष्यमा तरकारी जस्तै नेपाली स्वादका फलफूललाई पनि उत्पादन गर्ने योजना रहेको दाहाल बताउँछन् ।
अस्ट्रेलियामा ठूला-ठूला बहुराष्ट्रिय कम्पनीले विलियन डलर लगानी गरेर कृषि फार्महरु सञ्चालन गरिरहेको अवसस्थामा यस्ता तरकारी फार्महरुले ती उत्पादनसँग प्रतिस्पर्धा गर्न पक्कै सक्दैनन् । तर, दाहालले सानो बजार र समुदायलाई लक्षित गरेर यो फार्मको बजारीकरण गर्ने योजना बनाएका छन् ।

अस्ट्रेलियामा कृषि खेतीतिर नेपाली, बजारमा नेपाली तरकारीको माग बढ्दो

Views:


Category:

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश

सेक्सी भिडियोहरु हेर्न तल बक्स मा क्लिक गर्नुहोश
Loading...